Brahakune Daha | Dang | Ghorahi

https://x.com/dc_pratik

https://www.facebook.com/profile.php?id=100064082798697

Pratik dc

ब्रहाकुने दह | दाङ | घोराही

ब्रहाकुने दह | दाङ | घोराही

लुम्बिनी प्रदेश, दाङ जिल्लाको घोराही उप- महानगरपालिका वडा नं.१३ मा ब्रहाकुने दह महत्तवपूर्ण धार्मिक तथा पर्यटकीय स्थल रहेको छ। ब्रहाकुने दहमा कान्छा सेतु बराहक‍‍ो पूजा अराधना गरिन्छ। पूर्वकाल देखि ब्रहाकुने दहमा श्रावण महिना बाहेक हरेक वर्षभरि र विशेष गरेर पुस, माघ महिनामा भेंडा कुखुराको बलि दिइन्छ र परेवा चढाईन्छ। हरेक वर्षमा पुस मसान्त र माघे संक्रान्तिमा विशेष मेला लगाइन्छ। पुस मसान्तक‍ो रात्रिमा बराहक‍‍‍ो विषेश पुजा गरिन्छ भने रातभरि दिप प्रज्य‍ोलन गरेर नयाँ घण्ट चढाएर र यसैका दिन सवाँ भेटी चढाई पुजा गरेर मागेको बरदान पाउने विश्वास गरिन्छ। यस रात्रिमा बराहक‍ो जन्म भएको मानिन्छ। माघ १ गतेका दिन माघि नुहाउने भक्तजनहरुक‍‍‍ो भिडभाड लाग्दछ। यहाँको मन्दिरमा मन‍ोकामना मागेको पाइने विश्वास रहेको छ। जस्तैः सन्तानको बर मागिन्छ, ज‍‍‍ो मान्छे राम्ररी बोल्न सक्दैन अर्थात बाखिन्छ बराह कान्छा सँग मागिन्छ विश्वास रहेको छ। बराह देवताक‍‍ो शक्तिले मानिसहरुको भाकल पुग्दै जान थाले पछि रुकुम, सल्यान र र‍‍ोल्पाका भक्तजनहरू पनि पुजा गर्न आउन थालेका हुन्। त्यस पछि स्थानीयहरू पनि आफ्नो मनोकामना पुरा गर्न आउन थालेका हुन्। बराहहरुक‍ो जन्म घर्ती मगरकी चेलिबाट भएको जनश्रुत अनुसार रहेको छ। यस मन्दिरमा घर्ती मगर पुजारी हुने परम्परा छ किनभने यहाँ  बराहहरुको जन्मथलो भएको मानिन्छ। यस मन्दिरमा विहान ६:०० बजे देखि दिउँसो १२:०० बजे सम्म पुजा गरिन्छ। यस मन्दिरमा बनभ‍ोज तथा कार्यक्रम गर्न आउन भक्तजन र पर्यटकहरूको लागि सेवा उपलब्ध गराइएको छ।
ठेगाना: घोराही उप-महानगरपालिका वडा नं-१३ ब्रहाकुने दह, दाङ
देश : नेपाल
जिल्ला : दाङ
प्रदेश : प्रदेश नं. ५

Brahakune Daha | Dang | Ghorahi

Brahakune is a daha important religious and tourist site in Ward No. 13 of Ghorahi Sub-Metropolitan City of Lumbini Province, Dang District. Kanchha Setu Barah is worshiped on Brahakune Daha. Since ancient times, sheep and chickens are sacrificed and pigeons are sacrificed on Brahakune Daha every year except the month of Shravan and especially in the months of Push, Magha. Every year a special fair is held on Push Masanta and Maghe Sankranti. Special worship of Barah is done on the night of Push Masanta, and it is believed that after lighting a lamp all night, offering a new bell and offering prayers on this day, one will get the desired boon. Barah is believed to have been born on this night. On the 1st day of Magha, there is a crowd of devotees who bathe in Maghi. It is believed that wishes can be made in the temple here. For example: A child is asked for, a person who cannot speak well, that is, a child is asked for a child. After the power of Barah deity started reaching people’s vows, the devotees of Rukum, Salyan and Rolpa also started coming to worship. After that, the locals also started coming to fulfill their wishes. According to legend, Barah’s was born from the daughter of Gharti Magar. There is a tradition of having a Gharti Magar priest in this temple because it is believed to be the birthplace of Barahs. Puja is performed in this temple from 6:00 AM to 12:00 PM. Services are provided for devotees and tourists to come to this temple to have a feast and program.

Address: Ghorahi Sub-Metropolitan Ward No-13 Brahakune Daha, Dang
Country: Nepal
District: Dang
Province: Province no. 5


Gallery

ब्रहाकुने दह | दाङ | घोराही

ब्रहाकुने दह | दाङ | घोराही

ब्रहाकुने दह | दाङ | घोराही

ब्रहाकुने दह | दाङ | घोराही

ब्रहाकुने दह | दाङ | घोराही