फुटुकी कसरी पकाईन्छ?

Advertisement of own youtube channel.

फुटुकी कसरी पकाईन्छ?

पहिले सुरुमा फुटुकी पकाउने प्रेसर कुकर भाडो आग‍‍ोमा बसाल्ने। धेरै जस्तो फुटुकी पकाउने बेला प्रेसर कुकरबाट पकाईन्छ किनभने फुटुकी चाम्रो हुन्छ। त्यसैले कुकर आग‍‍ोमा बसालेको एकछिनमा तातो भएपछि तेल फुटुकीको अनुसारले अल्लि धेरै चाहिन्छ। तेल तातो भएपछि हरियो खुर्सानी हालेर फुराउने र जिरा पनि हाल्ने। त्यसपछि प्याज हालेर भुटिराख्ने र अल्लि रातो प्याज भएपछि बेसार पनि हालेर भुटिराख्ने। त्यसपछि फुटुकी हालेर भुट्ने बेला स्वाद अनुसारको नुन पनि हालेर भुटिराख्ने। एकछिनमा पानी निस्केको सुक्ने बेला अल्लि सानो आगो गराएर फुटुकी अनुसारको एक चम्चा जति मसला हालेर भुटिराख्ने। केही समय पछि यदि फुटुकी कौलो छ भने २ वा ३ सिट्टि लगाएर बन्द गर्ने वा अल्लि चाम्रो छ भने लगभग ५ सिट्टी लगाएर बन्द गर्ने। केहि समय पछि कुकरबाट सबै हावा निस्के पछि खानलाई फुटुकी तरकारी तयार हुन्छ।

फुटुकी बनमा पाइने एक प्रकारक‍ो तरकारी हो। हामीले यस तरकारीलाई पानी पर्ने मौसम अर्थात असार, साउन, भदौ यी तिन बिशेश महिनामा पाइन्छ।

How is Futuki cooked?

First, heat the pressure cooker pot to cook the futuki. Like most futuki cooking, it is cooked in a pressure cooker because the futuki is leathery. So, as soon as the cooker heats up, according to Futuki, more oil is needed. When the oil is hot, add green chillies and fry them and also add cumin seeds. Then add onions and fry them and when the onions are red, add turmeric and fry them. Then add the futuki and add salt to taste while frying. Once the water comes out and dries up, make a small fire and add a spoonful of spices according to the futuki and fry it. After some time, if the foot is cold, close it with 2 or 3 whistles, or if it is very cold, close it with about 5 whistles. After some time, after all the air is released from the cooker, the futuki vegetables are ready to eat.

A little about Futuki:
Futuki is a type of vegetable found in forest. We find this vegetable in the rainy season i.e. June, July and August.